Rashtriya Dainik

सरावल गाउँपालिका आयुर्वेद शाखाद्वारा अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , ७ असार

अन्तराष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न्न कार्यक्रम गरि मनाईएको छ।

त्यस्तै पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा मंगलबार अाठाैँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

सरावल गाउँपालिका आयुर्वेद शाखाको आयोजनामा आयुर्वेद शाखा प्रमुख सन्ताेश कुमार कहाँरकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष चाैधरीले मानव जीवनका लागि योग निकै महत्त्व रहेको बताउनु भएको हाे। साथै बर्तमान समयमा मानिसको जीवनशैलीलाई सहज बनाउन योग अभ्यासले मद्दत पुग्ने विश्वास वयक्त गर्नु भयो ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले योगाअभ्यासलाई स्थानीयवासीले अपनत्व ग्रहण गर्नुपर्ने कुरामा जाेड दिनुभएको थियोे ।

अाठाैँ अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली , समाजसेवी शुसान्त शर्मा घिमिरे , बुद्ध ज्याेती प्रा.बि प्र.अ बिनाेद कुमार पाण्डेय लगाएत बिषयगत शाखा प्रमुख एवं कर्मचारीहरुकाे उपस्थित रहेको मनरी अाैषधालय प्रमुख मनाेज पाण्डेयले राष्ट्रिय दैनिकलाई जानकारी दिनु भएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित