राजन कुमार बानिया / पर्सा ७ असार
पर्साकाे कालिकामाई गाउँपालिकाले निशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएकाे छ ।
गाउँपालिकाले गरेको पहिलो बैठकबाट साेमबार एउटा सूचना जारी गर्दै गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरुकाे लागि निशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको हो । गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरिएको हो।
प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले सूचनामा गाउँ कार्यपालिकाकाे पहिलाे बैठककाे निर्णय अनुसार कालिकामाई गाउँपालिकाका सम्पूर्ण गर्भावती महिलाहरुका स्वास्थ्य जाँच गर्न गाउँपालिकाकाे स्वास्थ्य चाैकीबाट अन्य ठाउँमा स्वास्थ्य जाँच गर्नकाे लागि पठाउँदा गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्सबाट नि शूल्क सेवा उपलब्ध गराइने जनाइएकाे छ ।
सूचना मार्फत एम्बुलेन्स चालकहरु राजेश महताे काेइरी – ९८०७११९३५२, गाेरख महताे काेइरी – ९८०७१८७८६२ र अरविन्द पटेल – ९८०७२७३१४८ मोबाइल नम्बर हरु पनि सार्वजनिक गरिएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

