महेश सिंह सिरहा लहान ७ असार -जिल्ला समन्वय समिति सिरहामा नेकपा (एमाले) र जनता समाजवादी पार्टी, नेपालको गठबन्धनको पुरा प्यानल नै निर्वाचित भएको छ । सभापतिमा जसपाका दिनेश महतो र उपसभापतिमा एमालेका दिलिप लामा निर्वाचित भएको जसपाकी मधेश प्रदेश समिति सदस्य ललिता दास बिद्रोहीले जानकारी दिईन्।
सभापतिको उमेदवार दिनेश कुमार महतोको जम्मा २६ मत ल्याएको थियो भने उप-प्रमुखको उमेदवार दिलिप लामाले जम्मा २५ मत ल्याएका थिए।भने काङ्ग्रेसका सभापति उमेदवार मनोज कुमार गुप्ता जम्मा ७ मत ल्याएका थिए।
जिल्ला सभापतिमा दिनेश महतो र उप-सभापतिमा दिलिप लामा निर्वाचित भएका छन्।
त्यसै गरी सदस्यहरूमा एमालेका गिता कुमारी पासवान, सोनाबती कुमारी महरा,रबिन्द्र महतो र सूर्यनाथ यादव तथा जसपाबाट शोभा कुमारी यादव र जानकी यादव र सुरेश यादव निर्वाचित भएका छन्।
जिल्ला समन्वय समिति सिरहामा गठबन्धन गर्नको लागि एमालेका नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ र जसपाकी नेतृ रेनु यादवले सक्रिय भूमिका निर्वाह गरेका थिए।निर्वाचनमा गठबन्धनले दोबर मतले निर्वाचित भएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

