Rashtriya Dainik

प्रतापपुर आयुर्वेद शाखाद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

संजय कुशवाहा / नवलपरासी ७ असार

अन्तराष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न्न कार्यक्रम गरि मनाईएको छ। त्यस्तै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीको वडा कार्यालयको प्राङ्गणमा मंगलबार गाउँपालिका स्तरिय योग कार्यक्रम सम्पन्न भएको छ ।

प्रतापपुर आयुर्वेद शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
वडा नं ६ का वडाध्यक्ष केशव प्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले सजिलो अर्थमा योग त्यो प्रक्रिया हो जसद्वारा हामी शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्छौं, अध्यात्मको प्राप्तीका लागि एक दोस्रोसँग जोड्छौं ।

ईश्वरको आराधनादेखि लिएर गीताका उपदेशसम्म, शरीरलाई स्वस्थ तथा स्फूर्तिवान राख्नदेखि लिएर तमाम बिमारीहरुको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योगको विषेश भुमिका रहन्छ बताउदै हरेक घरमा एकएकवटा तुलसी र कागदिको बिरुवा लगाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सत्य देव पाण्डे , छविलाल हरिजन , कनहिया हरिजन , सुरज अधिकारी , चुलाही हरिजन ,आदित्य पाल , लगायत करिब ६० जना मानिसहरुको सहभागीता रहेको थिए ।
सहभागीहरूलाई योग अभ्यास गराउनुको साथै योगको महत्त्व र फायदा बारे जानकारी गराइएको थियो । कार्यक्रममा प्रशिक्षण दिन बन्धु मिश्र र पप्पु गुप्ताले दिनु भएका थिए । सन २०१५ साल २१ जुन को दिन देखी अन्तराष्ट्रिय योग दिवसको रुपमा मनाईदै आईएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित