काठमाडौँ – जाडोमा कसरी नुहाउने ? यो सबैका लागि चिन्ताको विषय हो । जाडोमा पानी नै छुन नपरे हुन्थ्यो भन्नेहरु पनि हुन्छन् । तर, जाडोयाममा लगाईने कपडाले अझै धेरै पसिना निकालेको हुन्छ । त्यसैले दिनहुँ नसकेपनि एक दिन बिराएर नुहाउनु पर्छ । नियमित शारीरिक अभ्यास गर्नेहरुले कपाल ननुहायता पनि शरीर भने सफा पानीले पखाल्नुपर्छ । जाडोमा तातो पानीले नुहाउँदा राम्रो हुने हामीले धेरै सुनेका छौँ । तर के हामीले विचार गरेका छौँ कहिल्यै पनि कपाल तातो पानीले नुहाउनु हुँदैन । यदी तातोपानीले कपाल नुहाउने बानी परेको छ भने आजैबाट त्यो बानी हटाउनुहोस् । तातोपानीले कपाललाई निकै रुखो बनाउँछ। कपाल झर्ने टुक्रिने हुन्छ । अनुहार र शरीरको छालाको लागि पनि तातो पानी उपयुक्त मानिँदैन । त्यस्तै धेरै चिसो पानीले पनि छालालाई राम्रो गर्दैन । त्यसैले, नुहाउनका लागि मनतातो पानीको व्यवस्था मिलाउनुपर्छ । नुहाउन राखिएको पानीमा केही मात्रामा नुन, तुलसीको पात राखौं । यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ । अझ कतिपय मानिसको बानी हुन्छ कपालमा जे भेट्यो त्यसैको प्रयोग गर्ने । भनाइको तात्पर्य के हो भने कपालको लागि उपयोगी हुने स्याम्पु प्रयोग गर्नुपर्छ । चिसो कपाललाई झट्कार्ने वा तौलिया बेरीरहनु हुँदैन । तर याद राख्नुहोस् जाडोबाट बच्न भन्दै कपाल हेयर डायरले सुकाईरहने बानी पनि राम्रो होईन । यसो गर्दा कपाल रुखो हुनसक्छ । नुहाइसकेपछि शरीरको हरेक अंगमा तौलियाले राम्ररी पुछ्नुपर्दछ । अनि लोसनको प्रयोग गरी मालिस गर्नुपर्छ । मसाजले रक्तसञ्चार पनि बढाउँछ । यस्तो क्रिया जाडोको लागि एकदमै उपयोगी कुरा हो । त्यसपछि सफा कपडा लगाएर केहिबेर शरीरको पछाडी भागमा घाम पारेर न्यानो बनाउन सकिन्छ । अनि घाम ताप्दै नङ सफा गरी काट्न सकिन्छ । कानको फोहोर निकाल्न सकिन्छ । तर दिउँसोको घाममा धेरैबेर बस्नु हुँदैन । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।