बुटवल । बुटवलको तिनाउ नदीमा बाढीले बगाएर ल्याएको शव फेला परेको छ । तिनाउ नदीको प्रगतिनगर छेउमा नदीको बीचको भङ्गालोमा शव देखिएको प्रहरीले जनाएको छ ।
राति आएको बाढीले बगाएर ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनास्थलमा प्रहरी पुगे पनि तिनाउको बहावका कारण शव निकाल्न नसकिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

