Rashtriya Dainik

मोदी सरकारको नयाँ योजनाको विरोधमा दिनदिनै प्रदर्शन, जलाइए १२ वटा रेल

काठमाडौँ — अग्निपथको विरोधमा प्रदर्शनकारीले जलाएको रेल।अग्निपथको विरोधमा प्रदर्शनकारीले जलाएको रेल । भारतका विभिन्न राज्यहरूमा केही दिनयता हिंसात्मक प्रदर्शनहरू भइरहेका छन् ।

नरेन्द्र मोदी नेतृत्वको सरकारले गत मंगलबार भारतका तीन सैनिक सेवा स्थल, जल र वायु मा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो । सुरूमा साढे १७ वर्षदेखि २१ वर्षसम्मका युवाले यो स्किममा भाग लिएर चार वर्ष सैनिक हुन पाउने प्रावधान राखिएको थियो ।

मोदी सरकारको उक्त निर्णयविरूद्ध प्रदर्शन भएपछि यसपालिका लागि भनेर उमेर २३ वर्ष पुर्‍याइएको छ । तर प्रदर्शन मत्थर भएको छैन । भारतका बिहार, उत्तर प्रदेश, तेलंगना, पश्चिम बंगाल, हरियाणा र मध्य प्रदेश राज्यमा युवाहरूले विरोध जारी राखेका छन् । प्रदर्शनकारीहरूले रेल सेवालाई निशाना बनाएका छन् ।

एनडिटिभीका अनुसार शनिबारसम्म कम्तीमा १२ वटा रेलमा आगो लगाइएको छ, ३ सयभन्दा बढी रेल प्रभावित भएका छन् । विभिन्न रेलवे स्टेशनमा आगजनी र तोडफोड गरिएको छ । बिहारमा प्रदर्शनकारीहरूले भाजपाका प्रदेश नेताका घरलाई पनि निशाना बनाएका छन् । दर्जनौं सवारी साधनमा आगो लगाइएको छ भने सार्वजनिक सम्पत्ति तोडफोड गरिएको छ ।

तेलंगनामा भएको प्रदर्शनका क्रममा एकजना १९ वर्षीय किशोरको मृत्यु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित