Rashtriya Dainik

सुस्तामा किसानलाई कृषि यन्त्र वितरण

राष्ट्रिय दैनिक / नवलपरासी , ५ असार

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वडा नम्बर ५ पक्लिहवाको किसानहरुलाई कृषि यन्त्र सामग्री वितरण गरिएको छ ।

गरिबसंग बिशेश्वर कार्यक्रमद्वारा कृषिलाई आत्मासाथ गरि उत्पादनमा लागेका किसानहरुलाई मध्यनजर गर्दै सुस्ता ५ पक्लिहवाका १७ जना किसानलाई कृषि यन्त्र सामग्री वितरण गरिएको हो ।

कृषि यन्त्र सामग्री भुमि व्यवस्थापन सहकारी तथा गरीबी निवारण मन्त्रालय र गरिबसंग बिशेश्वर कार्यक्रमद्वारा सुस्ता ५ मा बनाएको समुहको सयुक्त लगानीमा वितरण गरिएको हो ।
साे कार्यक्रमकाे समुहका अध्यक्ष बाबुराम केवटको अध्यक्षयतामा तथा सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख अतिथ्यतामा एवं पालिका उपाध्यक्ष गिता चौधरीको बिषेशअतिथ्यतामा एक कार्यक्रम गरि किसानहरुलाई कृषि यन्त्र सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित