Rashtriya Dainik

पाल्हिनन्दन गाउँपालिकाद्वारा हजयात्रीको सम्मान तथा बिदाइ

उमेश बि.क / नवलपरासी , ५ असार

पश्चिम नवलपरासीको पाल्हिनन्दन पालिकाद्वारा हज यात्रामा जानेहरुलाइ अाइतबार विदाई तथा सम्मान गरिएको छ ।

पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ का चार जनालाई यो बर्ष हजका लागि यात्रामा जान लागेका हज यात्रीलाई विदाई गरिएको हो ।


हज यात्रीलाई टाेपि ,पछ्यौरी तथा माला लगाई गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक ) र उपाध्यक्ष फातुमा खातुन अन्सारी ( सकिना ) ले सम्मान र विदाई गर्नुभएको हाे।

हज यात्रीलाई गाउँपालिका अध्यक्ष गुप्ता तथा उपाध्यक्ष अन्सारीले हज यात्रीको यात्रा सफलताको कामना गर्दै देशमा शान्ती अमनचयनको लागि अल्लाह संग दुवा माग्नेमा आशावादी भएको बताउनुभयो ।
मुस्लिम धर्मगुरुका अनुसार प्रत्यके मुस्लिम आफ्नो जीवनकालमा कम्तीमा एक पटक हज गर्न जानुपर्छ। मक्का मदीना यात्रा गर्नेले स्वर्ग जाने सरह मुण्यफल प्राप्ति गर्ने भएकाले त्यहाँ जाने मान्यता रही आएको मुस्लिम धर्मगुरु बताउनुहुन्छ ।

मक्कालाई अल्लाहको घर र माहोम्मदको जन्मथालोकोरुपमा रही आएको बताए। ‘हज गर्नाले जस्तो सुकै ठुलो अपराध र पाप गरे पनि नाश भई भर्खर जन्मेको बच्चा जस्तै पवित्र हुन्छ’ उनले भने। हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ। मक्कामा सात पटक परिक्रमा ( तवाफ ) गर्नुपर्छ जसले एक हज-कावा ) प्राप्त हुन्छ। इदुल अजाह (बकरईदका दिन) बिशेष नवाज पढदै कुर्वानी दिने चलन छ।

हज यात्रा गर्नेलाई हाजी भन्ने चलन रहेको बताईएको छ।

चन्द्रमाको उपस्थितीले तय हुने ईदमा जेद्दाबाट ८० किलोमिटरको दुरी तय गरि पैगम्बर मोहम्मदको जन्म स्थान (खान ए कावा) मा परिक्रमा गरि मक्काको मिना मुद्दिलफा आराफातमा ५ दिन बसि नवाज अदा गर्ने छन्। त्यसपछि पैगम्बर मोहम्मदको कब्रस्थान रहेको मदिनामा पुगी १० दिन नबाज पढेपछि हज पुरा हुनेछ।

मुस्लिम समुदायले जीवनमा कम्तीमा एक पटक मक्का मदिना जाने चहाना राख्छन्। अति गरिब परिवारले समेत रिन सरसापटक समेत लिएर मक्का मदिना जाने गरेको पाईएको छ। यस वर्ष हज यात्राका निकै खर्चिलो भएको हजयात्रीले गुनासो गरको छन्। यस्तै ६५ वर्ष मुनीले मात्र हज यात्रामा सरिक हुन पाउने नियम पनि ब्यहारिक नभएको उनीहरुको गुनासो छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित