अमृता सुनार / सुनवल, असार ५
नेपाल मगर संघ नगर कार्य कमिटीद्वारा वैशाख ३० गते सप्पन्न भएको स्थानीय तहको निर्बाचनमा निर्बाचित नगर प्रमुख, उप प्रमुख र मगर समुदाय बाट निर्बाचित वडा अध्यक्ष, वडा सदस्य लगायतका जनप्रतिनिधिहरुलाइ बधाई तथा सम्मान कार्यक्रम आज सुनवल वडा नम्बर ४ मा अवस्थित रातो भाले रिसोर्टमा सम्पन्न भएको छ।
मगर संघका अध्यक्ष मन बहादुर थापा ( दिपक) को अध्यक्षतामा तथा नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा एबम नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश सदस्य मन बहादुर थापा मगरको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो। उक्त कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष दिल बहादुर थापा, कार्यपालिका सदस्य जुठि माया रेगामी मगर, जिल्ला सचिब दिपक राना मगर, जिल्ला सदस्य टेक बहादुर थापा, बौद्ध सेवा संघ जिल्ला अध्यक्ष रमेश राना मगर, युवा संघ जिल्ला अध्यक्ष बिनोद पुन मगर, सदस्यहरू बेद कुमारी राना, रेनु थापा, वडा नम्बर १ देखि १३ नम्बर वडा सम्मका सबै वडा सदस्यहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि बिमला अर्यालले मगर समुदायले देशमा र बिदेश मा गरेको योगदान बिर्ताको कदर गर्दै मगर समुदायको आफ्नै छुट्टै भाषा धर्म संस्कार, संस्कृति भएकोले त्यसलाई संरक्षण र सम्बर्द्धनको निम्ति नगर बाट हुने सहयोगको लागि पनि प्रतिबद्धता जनाउनु हुदै नगर प्रमुखले नगरपालिकाले गरेको मुख्य निर्णयहरुको पनि जानकारी दिनु भएको थियो । वडा नं १ का वडाध्यक्ष मन बहादुर थापा, जिल्ला सचिब दिपक राना, रमेश राना, जुठिमाया रेगामि, टेक बहादुर थापा, बिनोद पुन, टेक पुन लगाएतले मन्तव्य दिनु भएको थियो। कमिटिका उपाध्यक्ष कुल बहादुर रानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन सचिब भेष बहादुर थापा ( बिक्कि) ले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

