Rashtriya Dainik

सहयोगी मिडियाद्वारा स्वर्गीय पत्रकार पोखरेको स्मृतिमा अक्षयकोषको स्थापना

नवलपरासी, ५ असार

पश्चिम नवलपरासीको बर्दघाटमा अवस्थित दाैतरी एफ.एम.का संचालक एवं स्टेशन म्यानेजर स्वर्गिय घनशयाम पोखरेल (राजु)को स्मृतिमा सहयोगि मिडियाले रु १ लाख बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । स्वर्गीय पोखरेलकाे १२ औं दिनको पुण्य तिथिको अवसरमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा बोल्दै रेडियो अध्यक्ष गणेश पाण्डे (शिसम)ले अक्षयकोषबाट हरेक बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार वितरण गरिने बताउनुभएको थियो । पाण्डेले एक सहयात्रीलाई अल्पायुमै गुमाउनुको पिडाले निकै मर्माहत भएको बताउनुभएको थियो ।

उहाँले स्वर्गिय पोखरेलले संचार क्षेत्र र पत्रकारीताका माध्यमबाट समाज परिवर्तनका लागि देखेका सपना पुरा गर्नका लागि प्रतिबद्ध भएर लाग्ने बताउँदै दौतरीले उहाँलाई सधै स्मरण गर्ने बताउनुभएको थियो । सहयोयी मिडिया प्रा.लि र सहयोगी युथ क्लवको आयोजनामा रेडियो परिसरमै आयोजना गरेको कार्यक्रममा बोल्दै सहयोगि युथ क्लवका अध्यक्ष किरण बस्यालले आफुहरुले एक असल अभिभाव गुमाएको बताउनुभएको थियो । दौतरी एफ एमको समाजीक परिचालक समुहको रुपमा रहेको सहयोगी युथ क्लव मार्फत विभिन्न काम गर्ने क्रममा स्वर्गिय पोखरेलले गरेको सहयोग र उहाँले दिएको सल्लाह सधैव स्मरण गर्न लायक रहेको बस्यालको भनाई रहेको थियो ।

दिप प्रज्वलन कार्यक्रममा दौतरी एफ एमका संचालक, पदाधिकारी, कर्मचारी, सहयोगी युथका पदाधीकारी तथा सदस्यहरु संगै बर्दघाट नगरपालिका भित्र रहेका पत्रकारहरुको समेत सहभागिता रहेको थियो । संचालक तथा स्टेशन म्यानेजर धनश्याम पोखरेल राजुको विदामा गुल्मी स्थित घर गएको समयमा गत जेठ २४ गते रुखबाट लडेर निधिन भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित