Rashtriya Dainik

नवलपरासीको सुस्ता गाउँपालिकाद्वारा सर्वदलियकाे उपस्थितिमा योजना तर्जुमा

राष्ट्रिय दैनिक / नवलपरासी , ५ असार

पश्चिम नवलपरासीको सुस्ता गाउपालिकाको आयोजनामा आर्थिक बर्ष २०७९, ८० का लागी योजना तर्जुमा गोष्ठी सम्बन्धी सर्वदलिय बैठक आइतबार सुस्ताको कुडियामा सम्पन्न भएको छ ।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष उपाध्यायले विगतका दिनहरुमा भएका विकास निर्माणका अपुर्ण कार्यहरुलाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिने बताउदै स्वास्थ्य, शिक्षा, कृषी लगायत कार्यका लागी विशेष कार्य योजना बनाइने जानकारी दिनुभयो ।

उहाँले सुस्ता गाउपालिकामा रहेका सार्वजनिक जग्गा एकिन गरिनुका साथै लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतनामुलक कार्य गरिने तथा शिक्ष क्षेत्रमा परिणाममुखी नतिजा ल्याइने र विद्यालय तथा शिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गरिने समेत बताउनुभयो ।

कार्यक्रममा सुस्ता गाउपालिकाका निर्वतमान अध्यक्ष राम प्रसाद पाण्डेले विगतका राम्रो कार्यलाई क्रमगत रुपमा अगाडी बढाउदै थप नया कार्यलाई सहमति, सहकार्य र एकताको माध्यमबाट नेतृत्व वर्ग अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका रविन्द्र कुमार जैसवाल, नेकपा एमालेका ज्ञान प्रसाद पाठक, नेकपा माओबादी केन्द्रका अमित कुमार खड्का, जनता समाजबादी पार्टीका नन्दलाल गुप्ता, जनता प्रगतिशिल पार्टीका प्रेमचन्द्र गुप्ता, नेकपा एकिकृत समाजबादी पार्टीका शिव प्रसाद गैरे र राप्रपाका मदन ज्ञवाली लगायतले सुझाव मन्तब्य राख्नुभएको थियो । सुस्ता गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष कृष्णलाल मुखियाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन विष्णु प्रसाद ढकालले गर्नुभएको थियो ।

सो अवसरमा सुस्ता गाउँपालिका अन्तर्गतका सामुदायिक विध्यालयका प्र.अ.,पालिका अन्तर्गत रहेकोे विभिन्न शाखाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित