Rashtriya Dainik

खप्तडछान्नामा यातायात व्यवसायीको ज्यादती

दोरेन्द्र खड्का बझाङ
बझाङको खप्तडछान्ना गाउँपालिकामा चल्ने साना सवारी जिपले चर्को भाडा उठाउँदै आएका छन् । तमैलबाट गाउँपालिकाको कालुखेतीसम्म चल्ने साना सवारी जिपले चर्को भाडा लिने गरेको छान्नावासीको गुनासो छ । तमैलदेखि कालुखेतीसम्मको दुरी १२ किलोमिटरको यात्रामा जिपले ५ सय भाडा लिने गरेको छ ।
साना सवारी जिपले ईन्धनको मुल्य बढेको बाहाना बढाउदै चर्को भाडा उठाउदै आएका छन् । जीप व्यवसायी संग भाडा बढी भयो केहि घटाउनुसभन्दाबीच बाटोमै जिपबाट झारेर अलपत्र पार्ने, हिडेर जानु भनेर धम्क्याउने गरेको स्थानीयको गुनासो छ ।
सवारी भाडाको तुलना गर्दा प्रतिकिलो मिटर ४० रुपैयाँभन्दा बढी हुने गरेको छ । प्रति किलोमिटर २० रुपैया लिए पनि अहिलेको भाडा भन्दा आधा सस्तो हुन्छ । सवारी भाडाको विषयमा बेला बेला सम्बन्धित निकायलाई जानकारी गराए पनि कसैले वास्ता नगरेको खप्तडछान्नाका दिनेश रोकायाले बताउनुभयो ।
छान्ना क्षेत्रमा जीप व्यवसायीले दादागिरी नै चलाएको छ । ६ सिट पास बोलेरो जिपमा १५ जना नभएसम्म तमैलबाट नजाने र छान्नाबाट नआउने हुँदा समयमै गन्तव्यमा पुग्न कठिन हुने गरेको अर्का स्थानीय जनक खडकाले बताउनुभयो ।
यस विषयमा गाउँपालिकाले नियमन गरेर जीप व्यवसायीसँग बसेर छलफल गर्ने र आवश्यक परेको खण्डमा कानुन बमोजिम अघि बढ्ने खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तम रोकायाले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित