Rashtriya Dainik

धोबिनी गा.पा अध्यक्ष चौहान एक्सनमा ,शिक्षा र स्वास्थ्यको गरे अनुगमन

राजन कुमार बानिया ,पर्सा ५ असार
पर्साको धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहानले अाफ्नो गाउँपालिका को बिकास को लागि एकसनमा अाएका छन। गाउँपालिकामा रहेको शिक्षा र स्वास्थको अवस्था बुझन अाज धोबिनी ,भिखमुपुर ,हरिहरपुरमा रहेको बिधालय हरु र साथै स्वास्थ्य चौकी लंगडीमा गएर अनुगमन गर्दै बिधालय र स्वास्थ्य संस्थाको बारेमा जानकारी लिनु भएको हो। शिक्षाहरुले बिधालयको बारेमा जानकारी गराउदै भने बिधालयहरुमा बिधार्थीहरुको संख्या बढिरहेपनी कक्षा कोठाको अभाव रहेको र बिषयगत शिक्षकहरुको समस्या देखिएको साथै शिक्षकहरुले अाफ्नो सेवासुबिधा समयमा उपलभद गराउन अाग्रह समेत गरे ।त्यसतै स्वास्थ्य संस्थाहरुमा गएर स्वास्थ्यको समस्या बुझदा स्वास्थ संस्थामा अौषधीको अभाव र स्वास्थ्यकर्मीहरुको अभाव रहेको र स्वास्थ्य संस्थामा ल्याबको कर्मचारी रहेपनी ल्याब को समाग्री नरहेको कारण लंगडी स्वास्थ्य संस्थामा ल्याब संचालन हुनसकिरहेको छैन स्वास्थ्यकर्मीहरुले समस्या राखेका छन । गाउँपालिका अध्यक्ष चौहानले स्वास्थ्य र शिक्षाको समस्या बुझदै भने स्वास्थ्य र शिक्षाको अवस्था बिग्रेकोले छिटै नै स्वास्थ्य र शिक्षाको समस्या समधान गर्ने बताए । सबै भन्दा पहिलो प्राथमिक्ता स्वास्थ्य र शिक्षा नै रहेको गा.पा अध्यक्ष चौहानले बताए । शिक्षा र स्वास्थ्यका कर्मचारीहरुले इमानदारी पुर्वक काम गर्न निर्देशन समेत दिनु भएको हो। अाउने नयाँ बजेटमा शिक्षा र स्वास्थ्यमा ध्यान दिएर यसको सुधारको लागि बजेट राखेर सुधार गरिने प्रतिबधाता गर्नु भएको हो। अनुगमनमा अध्यक्ष चौहान , वडा अध्यक्ष मनाउर मियाँ , वडा सदस्यहरको सहभागिता रहेको थियौँ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित