उमेश बि.क / नवलपरासी , ५ असार
नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एवं सांसद देबेन्द्रराज कण्डेलले मिटरब्याजी–सुदखोरहरुलाई हदैसम्मको दण्ड दिनुपर्ने बताएका छन् ।
गृह जिल्ला रहनुभएका सांसद कण्डेलले शनिबार राष्ट्रिय दैनिकसंग कुराकानी गर्द मिटरब्याजी–सुदखोरहरुलाई कानूनअनुसार हदैसम्मको दण्ड दिनुपर्ने बताउनु भएको हो ।
उहाले उनीहरुलाई दण्ड दिन थप कानून आवयश्यक परे त्यो सरकारले बनाउनुपर्नेमा जोड दिनु भयो । आर्थिक सम्स्या समाधानका नाममा मिटर ब्याज कारोबार गर्ने,दृस्ठिबन्धक नाममा चरम ब्याज असुल उपर गर्ने कार्य दिनानुदिन बढदै गएको तथा गरिब जनतालाई ‘मिटरब्याजी–सुदखोरहरुले उठिबास गराउँदै लगेकोप्रती राज्य गम्भीर हुन जरुरी रहेको बताउनु भयो । कानुनी उपचारबाट हुन सक्ने जति दण्ड मिटरब्याजी–सुदखोरहरुलाई दिनैपर्छ । थप कानुन बनाउनु परेपनि सरकारले बनाउनुपर्छ ।
प्रतिनिधिसभा सदस्य रहनुभएका कण्डेलले कुरा गर्दै पीडितहरुलाई उठिबास हुन नपरोस्, बिस्थापित हुन नपरोस्, डिप्रेसनको शिकार हुन नपरोस्, आत्महत्या गर्न नपरोस् वा पीडितहरुलाई हतियार उठाउन नपरोस् ।’ कोहि कसै बाट उत्पिडित हुन नपरोस।

उहाले मिटरब्याजीहरुको पैसा लगानी रहेको ठाउँबाट बाहिर ल्याउनुपर्नेमा जोड दिँदै अन्य भित्रि तथ्यहरु पनि बाहिर आउन जरुरी रहेको बताउनु भयो।
‘सरकारी/गैर सरकारी बितिय संस्थाहरु वा अन्य क्षेत्रमा कहाँ कहाँ लगानी छ ? यो कुरा पनि बाहिर आउनुपर्छ । जनताहरु मिटरब्याजी, सुदखोर कहाँ किन जान बाध्य छन? सरकारी वितिय संस्था÷गैर सरकारी बितिय संस्थाको बाढी नै आएको बेला यी मिटर ब्याजी, सुदखोरहरु कसरी आतंक बन्न पुग्यो? भन्ने तर्फका भित्री तथ्यहरु समेत बाहिर आउन जरुरी रहेको बताउनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

