Rashtriya Dainik

पाल्ही बहुमुखी क्याम्पसकाे दाेस्राे साधारणसभा सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , ५ असार

पश्चिम नवलपरासीको रामग्राम ४ मा रहेको पाल्ही बहुमुखी क्याम्पसकाे दाेस्राे साधारणसभा सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमका बिच क्याम्पसका अध्यक्षमा राधेश्याम पाठककाे अध्यक्षता तथा पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा क्याम्पसकाे दाेस्राे साधारणसभा सम्पन्न भएको हाे।

साे कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै सांसद कण्डेलले पाल्ही बहुमुखी क्याम्पसलाई सकेकाे सहयोग गर्दै अाएकाे र हमेशा गरिरहने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जैसवाल ,सरावल गा.पा अध्यक्ष सुखाडी प्रसाद चाैधरी ,प्रमुख जिल्ला अधिकारी श्रवण पाेख्रेल,रामग्राम नगरपालिका उपमेयर संझना चौधरी,पाल्हिनन्दन गा.पा उपाध्यक्ष फातुमा खातुन अन्सारी ( सकिना ) ,नेपाली काङ्ग्रेसको बरिस्ठ सदस्य माेहन प्रसाद शर्मा , गजानन्द पटेल , राधेश्याम चाैधरी,देवराज भण्डारी ,डाेलराज भण्डारी , मुकुर गिरी ,धरेन्द्र यादव लगाएतकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित