सिताराम साह /रौतहट, असार ०४ गते
रौतहटमा खाना पकाउने क्रममा आज बिहानै ग्यास सिलिन्डर पडकेको छ । जिल्लाको गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो।
ग्यास सिलिन्डर पडकिदा गढीमाई नगरपालिका १ समनपुर निवासी बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवीको मृत्यु भएको छ । खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएपछि सहनीको घटनास्थलमै मृत्यु भएको स्थानीय राजु सहनीले जानकारी गराएका छन्। शनिबार बिहान ८ बजे ग्यास पड्किएको सहनीको भनाइ छ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

