Rashtriya Dainik

Breaking News – काठमाडौं लगिरहेको मल किसानले ट्रक रोकेर लुटे !

धादिङ, ४ असार
किसानले ट्रकबाटै रासायनिक मल खोसेका छन् । काठमाण्डौ जाँदै गरेका २ वटा ट्रक रोकेर किसानले मल खोसेका हुन् ।

यो धादिङको धार्केको घटना हो । किसानले मल लगेको विवरण प्राप्त भएको धादिङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

घटनाको विस्तृत विवरण आउन नसकेको उनको भनाई छ । तर किसानले ट्रक रोकेर मल लगिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित