Rashtriya Dainik

दुबईका राजकुमार जुमा अल मोक्तुमले दिए दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार

४ असार २०७९, शनिबार

काठमाडौँ — तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए ।

प्रसाईंलाई राजकुमारले विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेका हुन् । राजकुमार झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको स्रोतले बताएको छ । राजकुमार मोक्तुमले बिर्तामोडमा रहेको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको समेत उद्घाटन गर्ने छन् ।

दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार नेपाल आएको सो अस्पतालको सूचना शाखाले जनाएको छ। अस्पताल स्रोतका अनुसार झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिका छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित