Rashtriya Dainik

अनुसन्धान एसपिको नाममा आर्थिक तान्डव, घुमुवा समेत परिचालन

रन्जित चाैरसिया , बारा ४ असार । जिल्ला प्रशासन कार्यालय बारा मातहात पर्ने अनुसन्धान कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष ढुङ्गानाको नाममा जिल्लाको सीमा नाका लगायत पर्सा जिल्लामा समेत आर्थिक तान्डव मचाइएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार अनुसन्धान कार्यालयका प्रमुख ढुङ्गानाले खटाइएको सादा पोशाकको टोलिले बाराको सीमा नाकामा मात्र नभइ पर्सा जिल्लाको सीमा नाकाहरूमा समेत पुग्ने गरेका हुन ।

बाराको सीमा नाकामा अनुसन्धानको कर्मचारी बनेर त पर्साको सीमा नाकामा ठग पत्रकार बनि घुम्ने गरेको रहस्य उजागर भएको छ । पर्साको छपकैया नाकामा पुगि तस्कर समुह सङ्ग मासिक २-२ हजारको दरले रकम बुझने गरेका छन भने बाराको सीमा नाकाबाट मासिक ५ देखि १० हजारसम्म बुझने गरेको तस्कर श्रोतले नै जनाएको छ । श्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयको मातहातमा पर्ने अनुसन्धान कार्यालयका प्रमुख संतोष ढुङ्गानाले सादा पोशाकमा प्रहरी सहायक निरीक्षक जितेन्द्र यादवलाइ परिचालन गरेका छन ।

बाराको मटिअर्वा, छतवा, मुसहर्वा, बलिरामपुर, आमवा, कवहिगोठ लगायतको ठाउहरूमा पुगि स-साना ब्यपारिदेखि नामूद तस्करहरूलाइ डराइ धमकाइ रकम असुल गर्ने गरेको बताइन्छ । एक जना ठग पत्रकारलाइ समेत आफु सङ्ग राख्ने गरेको र सोहि ठग पत्रकार सङ्ग समन्वय गरि नक्कलि आइडि कार्ड बनाइ पर्सा जिल्लामा समेत परिचालन हुने गरेको बताइन्छ । पर्सा जिल्लामा पत्रकार बनि त बारा जिल्लामा अनुसन्धानको घुमुवा भनेर रकम असुल गर्ने गरेको खुलेको छ ।

यस बिषयमा अनुसन्धानका प्रमुख प्रहरी उपरीक्षक सन्तोष ढुङ्गाना सङ्ग बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न । शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीले आफ्नै संगठनको निति निर्देशन विपरीत घुमुवा परिचालन गर्ने प्रहरी उपरीक्षक माथि संगठनका प्रमुखले समेत ध्यान पुर्याउन जरुरी देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित