Rashtriya Dainik

बझाङ मुख्य सडक नारुगाैडा अवरुद्ध

उत्तमकुमार थापा बझाङ
जयपृथ्वी राजमार्ग अन्तरगत खाेड्पे चैनपुर सडक खण्डको नारुगाैडामा सडक अवरुद्ध भएको छ ।

आज परेको भारि बर्षाले गर्दा माथिवाट खाेला आएसँगै सडक अवरुद्ध भएको हाे । चैनपुर जाेडिने सडक अवरुद्ध भए पछि गाडी सञ्चालनमा समस्या भएको छ ।

यसरी बर्षाले खाेला बढेपछि सडक अवरुद्ध भएको थियाे सडक सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीले समन्वय गर्दै स्काईभेटर पठाई सकेको र अवकाे केही समयमा सडक सुचारु हुने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । लामो समय सडक अवरुद्ध नहुने उहाँको भनाइ छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित