Rashtriya Dainik

जिल्ला समन्वय समितिको निर्वाचनमा जसपा र एमालेको संयुक्त उमेदवार बने दिनेश महतो

महेश सिंह सिरहा लहान ३असार – सिरहाको जिल्ला समन्वय समितिको निर्वाचनमा जसपाका युवा नेता तथा लहान नगर समितिका अध्यक्ष दिनेश महतोले असार ६ गते हुने निर्वाचनमा जसपा र नेकपा एमालेसंगको गठबन्धनका संयुक्त उमेदवार दिनेश महतो बनेका हुन्।गठबन्धनका सन्युक्त उम्मेदवारहरु मनोनयन दर्ता ।

प्रमुख दिनेश कुमार महतो,उप प्रमुख दिलिप कुमार लामा सदस्य जानकि देवि यादव,सदस्य,सोभा यादव सदस्य,सुरेश यादव,सदस्य गिता पासमान,सदस्य सोना बति महरा,सदस्य सुर्य नारायण यादव,सदस्य रबिन्द्र कुमार महतो शुक्रबार संयुक्त रूपमा मनोनयन दर्ता गराएका छन्।

बिगत लामो समय देखि राजनीतिमा सकृय रहेका महतो मधेसको हक अधिकारको लागी सदैब कटीबध रहदै आएका थिए।राजनीतिको प्रखर ब्यक्ती समेत रहेका उनले बैशाख ३० सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जसपाबाट लहान नगरपालिका वडा नम्बर २३ मा सदस्य पदमा निर्वाचित भएका थिए। नेता महतो लहानका लागी निकै लोकप्रिय ब्यक्ती हुन्।

निर्वाचन आयोगले जिल्ला समन्वय समितिका उम्मेद्बारी दिने समय असार ३ गते बेलुका २ बजे देखि साझ ५ बजे सम्म रहने आयोगले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित