राष्ट्रिय दैनिक / काठमाडौं , ३ असार
मिटर ब्याज संघर्ष समितिले आज काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना तथा विरोध कार्यक्रम गरेको छ ।
नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको मिटर ब्याज विरुद्धको संघर्ष समितिको आयोजनामा शुक्रबार धर्ना तथा विरोध कार्यक्रमको आयोजना गरिएको हो ।
धर्ना तथा विरोध कार्यक्रम संघर्ष समितिका अध्यक्ष राम सुरत गुप्ता,उपाध्यक्ष अशोक सिंह कुर्मी, कोषाध्यक्ष अजमुल्ला मोहम्मद मुसलमान, सचिव किशोरी चमाईन, सहसचिव राम सुभाग मुसहर लगायत करिब २०–२५ जनाको उपस्थितिमा बिरोध तथा धर्ना कार्यक्रम सुरु भएको हो ।
उनीहरुले मिटर ब्याज लिन पाईदैन ,जनता मार्न पाईदैन ,मिटर ब्याज लिनेलाई कारर्वाही गर,मिटर ब्याज लिनेहरु खबरदार, कानुन उल्लंघन गर्न पाईदैन्, मिटर ब्याज लिन पाईदैन,सुकुम्बासी र भुमिहिन बनाउन पाईदैन् जस्ता प्लेकार्ड बोकेर विरोधमा उत्रिएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

