Rashtriya Dainik

नवलपरासीको सीमा नाकाबाट कोयला पक्राउ

बिनोद निगम /नवलपरासी , ३ असार

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ बुडन्तवापुर नाकाबाट आज बिहान करिव ६ बजेकाे समयमा एक भारतीय ट्रेक्कटर ट्राली सहित काेयला महेशपुर भन्सार कार्यालयबाट खटिएको टाेलीले पक्राउ गरेकाे छ ।

उक्त ट्रेक्कटरमा काेयला लाेड गरि बुडन्तवापुर नाका हुदै भारतबाट नेपालतर्फ ल्याउदै गर्दा महेशपुर भन्सार कार्यालयकाे टाेलीले त्रिवेणी तर्फ लैजादै गर्दा नियन्त्रणमा लिएकाे महेशपुर भन्सार कार्यालयले जनाएको छ ।

काेयला लाेड गरिएको भारतीय नम्बरको ट्रेक्कटर चालक भन्सारको टाेलीलाई देखेपछि फरार भएकाे भन्सार श्राेतले जानकारी दिएकाे छ । उक्त ट्रेक्कटरकाे नम्बर भने नखुलेकाे र नेपाल प्रहरी एवम् सशस्त्र प्रहरीको मिलाेमतमा भारतबाट नेपाल भित्रएकाे स्थानीय बताउँछन् । स्रोत अनुसार नवलपरासीका सीमा नाकाबाट खुलेअाम तस्करी भइरहेको छ। जिल्लाको बसहीया , हर्षपुर, भुजहवा, गेरमी लगायतका नाकाहरुबाट तस्करी भएका छन् ।

पाल्हिनन्दन गाउपालिकाको नाका विशनपुरामा छोटी भन्सार बन्द भए पनि यस नाकाबाट दिनहु करौडोको समानको तस्करी भइरहेको छ। गाउपालिकाकै अर्को नाका रागरगन्जमा समेत नेपाल प्रहरी र सशस्त्र प्रहरी भए पनी सर्व साधारणहरुलाइ समान ल्याउन रोक लगाए र व्यपारिहरुको लागि खुला गरिएको स्थानीय गुनासो गरेका छन।

बसहिया, ठुलो खौराटवा र भूजहवा नाकाबाट सामानको तस्करी गरी भुजहवा हुँदै गोपिगन्ज, बर्दघाट सम्म पुर्याउने गरेको कुरा स्थानीयले गुनासो गरेको छन। बसहिया थानामा प्रहरी चौकी भए पनि व्यपारीहरुसंग मिलिमतोमा तस्करीको समानहरु बर्दघाट सम्म पुर्याउने गरिन्छ।

जिल्लाको बसहिया, हर्षपुर, भुजहवा र गेरमी नाकाबाट तस्करी भएका सामानहरू सबै बुटवल, बर्दघाट, नारायणघाटसम्म जाने गरेको स्थानीय बताउछन्। यी नाकाबाट भन्सार छलि गरि कपडा र चिनी बढी तस्करी हुने गरेको स्थानीयले जानकारी दिइएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित