Rashtriya Dainik

जिसस निर्वाचनमा अन्तर्घात गरेको पुष्टि गर्न केन्द्रीय सदस्य कण्डेल र कलवारकाे ठाडो चुनौति

उमेश बि.क / नवलपरासी , ३ असार

जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनको विषयलाई लिएर उजुरी परेको कुराप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवारले ध्यानाकर्षण गर्नुभएको छ।

चरित्र हत्या गर्ने उद्देश्यले तथ्यहिन कुरालाई सुनियोजित रूपमा लगाइएको आरोप प्रति घोर आपति र भ्रत्सना गर्दै नेता कण्डेल र कलवारले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गर्नुभएको छ।

जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको निर्वाचनमा नेता कण्डेल र कलवारको निर्देशनमा अन्तरघात गरी पार्टीका उम्मेदवारलाई हराएको भन्दै पार्टीको जिल्ला अनुसशासन समितिमा उजुरी परेपछि नेताद्वयले आज एक विज्ञप्ति जारी गरी उक्त आरोपको प्रमाण पेश गर्न चुनौती दिनुभएको हो ।
कांग्रेसभित्रैबाट अन्तर्घात भएका कारण हार ब्यहोर्नुपरेको दाबी गर्दै कांग्रेसबाट जिसस प्रमुख पदका उमेदवार बालिन्द्र विक्रम शाहीले अाफुहरुविरुद्ध अाराेप लगाएको कुरा भ्रामक रहेको हुँदा उक्त गलत आरोपलाई प्रमाण सहित पुष्टि गर्न ठाडो चुनौति दिनु भएको छ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका कण्डेल र संविधानसभा सदस्यसमेत रहनुभएका महासमिति सदस्य एवं कलवारद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “हाम्रो निर्देशनमा मत बदर भएको भन्ने कुरा शत प्रतिशत कपोलकल्पित र भ्रामक रहेको हुँदा उक्त गलत आरोपलाई प्रमाणसहित पुष्टि गर्न उजुरीकर्तालाई ठाडो चुनौती दिन चाहन्छौं र यसरी हाम्रो चरित्र हत्या गर्ने उद्देश्यले तथ्यहिन कुरालाई सुनियोजित रुपमा लगाईएको आरोपप्रति घोर आपत्ति र भत्र्सना गर्दछौं”।

सात स्थानीय तह रहेको जिल्ला समन्वय समिति नवलपरासीको जम्मा मतदाता संख्या १४ रहेको र नेपाली कांग्रेससंग आवद्ध मत ६ मात्र रहेको बताउनु भएको हाे।

थप मत नपुग रहेको अवस्थामा सोको लागि अन्य दलसंग आवश्यक गठबन्धन तथा सहकार्य अनिवार्य रहेकोले दलसंग गठबन्धन गर्ने सम्बन्धमा जिल्ला कार्यसमितिले अाफुलाई कुनै जानकारी पनि नगराएको र परामर्श एवं समन्वयन समेत नगरेको कुरा केन्द्रीय सदस्य कण्डेले बताउनु भएको हाे।

कण्डेले भन्नुभयो अाफुले चासो राखेर जानकारी लिन चाहदासमेत सो सम्बन्धि कुरा गोप्य राख्ने प्रयास भएको र पछि माओवादीसंग गठबन्धन गरिएको भन्ने हल्ला विभिन्न माध्ययमबाट जानकारी पाएकाे बताउनुभएको हाे।

कण्डेले थप्नुभयाे , मसित गोप्य राखिएको विषय र अर्को तर्फ यस अघि सम्पन्न स्थानिय तहको कार्यपालिका सदस्य निर्वाचनमा नेपाली कांग्रेस जिल्ला सभापती कै रोहबरमा पाल्हीनन्दन गाउँपालिकामा माओबादीसंग गरिएको गठबन्धनमा प्रत्यक्ष रुपमा कांग्रेसलाई माओबादीबाट धोका भएको हाे।

घटना ताजा अवस्थामा अहिले पनि माओबादीबाट हामीलाई सहयोग भयो भन्ने कुरा शंकामा रहेको परिस्थितिमा नेपाली कांग्रेसले प्राप्त गरेको ६ मत नै प्रमाणको लागि प्रयाप्त छ । त्यसर्थ हाम्रो निर्देशनमा मत बदर भएको भन्ने कुरा शत प्रतिशत कपोलकल्पित र भ्रामक रहेको हुँदा उक्त गलत आरोपलाई प्रमाण सहित पुष्टि गर्न उजुरीकर्तालाई समेत ठाडो चुनौति दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित