तातो पानी पिउने बानी छ भने एकचोटी नछुटाई पढ्नुहोस स्वास्थ्य

हरेक दिन ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ र दिनमा तीन पटक तातोपानी पिउने बानी बसाउनुभयो भने तपाईंंको शरीर बिरामी हुनबाट बचाउन सक्नुहुन्छ ।

यसका फाइदाहरु :

१. तौल कम गराउँछ:तपाईंंको तौल लगातर बढिरह्यो र धेरै कोसिसपश्चात् पनि कुनै असर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ । तपाईं स्वास्थ राम्रो चाहनुहुन्छ भने खाना खाएपछि १ गिलास तातो पानी खाने गर्नुहोस् ।

२. चिसो हुनबाट बचाउँछ:यदि तपाईं अस्वस्थ हुनुहुन्छ, छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउन लाभदायक हुन्छ । तातो पानी पिउनाले गला पनि ठीक हुन्छ । यसको सेवनले आराम मिल्छ ।

३. महिनावारीको दुःखाइ कम गराउँछ:महिनावारीको दुःखाइ प्रायः महिलाहरुको नियमित कामलाई नै रोकिदिन्छ । तातो पानीले यो दुःखाइलाई कम गर्न सक्छ । यसरी तातो पानीले पेटको दुःखाइ कम गर्न मद्दत गर्छ ।

४. शरीर सफा गराउँछ:तातो पानी पिउनाले शरीर सफा गर्नलाई मद्दत मिल्छ । र यसले शरीरका धेरै खराबीहरुको सजिलैसँग सफा गरिदिन्छ । तातो पानी पिउनाले शरीरको तापमान बढ्न जान्छ । जसले पसिना निकाल्छ र यसको माध्यमबाट शरीरको विकारलाई बाहिर फाल्न मद्दत गर्छ ।

५. अनुहारमा कलिलोपना आउँछ:तपाईंको अनुहारको छालाले तपाईंलाई दुःखी बनाएको छ भने चिन्ताको नलिनुहोस् । आजैदेखि तातो पानी पिउन सुरुवात गर्नुहोस् केही हप्तामै परिवर्तन देख्नुहुन्छ । छालाका अंगहरु नरम हुनेछ र चमक पनि बढ्नेछ ।

६. कपालको लागि पनि फाइदाजनक गर्छ:तातो पानी कपाल र छाला दुवैको लागि फाइदाजनक छ । यसले कपाललाई चमकदार बनाउछ र बढाउन पनि मद्दत गर्दछ ।

७. पेटलाई दुरुस्त राख्छ:तातो पानी पिउनाले पाचन क्रियालाई सहज बनाउँछ । साथै ग्यासको समस्यालाई पनि कम गर्न मद्दत गर्दछ । खाना खाएपछि १ गिलास तातो पानी पिउने बानी गर्नुस् । यसो गर्नाले खानालाई छिटै पचाउँछ र पेट हल्का हुन्छ ।

८. रक्त सञ्चारलाई सन्तुलन गर्छ:शरीर सुचारु रुपमा चल्नको लागि रक्त सञ्चार पूरै शरीरमा सही हुन आवश्यक हन्छ । र यसको लागि तातोपानी पिउनु लाभदायक हुन्छ ।

९. ऊर्जा बढाउँछ:सामान्य पानीको तुलनामा कागती राखेर तातो पानी पिउनाले तपाईंको ऊर्जा बढेर जान्छ । र पाचन प्रणाली पनि सन्तुलन हुनेछ ।

१०. जाडोको दुःखाइ कम गर्छ:तातो पानीले जाडोको दुखाईलाई कम गर्छ । हाम्रो माशंपेशीको ८० प्रतिशत भाग माशंपेशीले बनेको हुन्छ । तातो पानीले माशंपेशीको दुःखाइ पनि कम गर्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot