Rashtriya Dainik

कार्यवाहीकाे माग गर्दै महाकाल संस्थाद्वारा विज्ञाप्ति जारी

कपिलवस्तु , असार ३

जिल्लाकाे कृष्णनगरमा बुद्धबार सांझ भएकाे घटनाबारे महाकाल समाजिक संस्थाले प्रेस विज्ञप्ति जारी गरि प्रहरीसंग कार्यवाहीकाे माग गरेकाे छ ।

बुद्धबार सांझ लगभग साढे छ बजे कृष्णनगर नगरपालिका २ शंकरनगरटाेल बस्ने प्रकाश चन्द्र श्रीवास्तवकाे घर भारतीय माेटरसाइकलमा १०/१५ जना अज्ञात व्यक्तिकाे समूह पुगि हुलदंगा गर्ने नियतले छाेरा हिमांशु श्रीवास्तवकाे माेबाइल तथा केही नगद लुटपाट गरेकाे घटनालाई प्रहरीले तत्काल कार्यवाही गर्दै दाेषीले सजाय पाउनुपर्ने माग राख्दै महाकाल समाजिक संस्था कपिलवस्तुले प्रेस विज्ञाप्ति जारी गरेकाे छ । विज्ञाप्तिमा शान्ति सुरक्षा खलबल्याउने जाे काेहीलाई कानुनकाे दायरामा ल्याउनुपर्ने र यदि पिडितले न्याय पाएन भने कडा आन्दोलनमा समेत जाने लेखिएकाे छ ।

बुद्धबार घटेकाे साे घटनापछि टाेलका भद्रभला एकात्रित भई इलाका प्रहरी कार्यालयमा जाहेरि निवेदन समेत दर्ता गराएका थिए । निवेदनमा प्रत्यक्षदर्शीहरु समेतकाे अगुवाईमा कार्यवाहिकाे माग गरिएकाे छ ।सभार कपिलवस्तु टाइम्स डटकम l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित