नवलपरासी, ३ असार
पश्चिम नवलपरासीको सुनवल नगरपालिका स्थित तुरिया खोलामा बनाईको डाईभर्सन बाढिले बगाएको छ ।
गएराती परेको पानीका कारण तुरीया खोलामा आएको बाढीले डाईभर्सन पुर्णरुपमा बगाएको ईलाका प्रहरी कार्यालय सुनवलले जानकारी दिएको छ । डाईभर्सन बगेपछि पुर्वपश्चिम राजमार्गको यात्रा असहज भएको छ । प्रहरीले पुर्व पश्चिम राजमार्ग भएर यात्रा गर्नेहरुलाई बैकल्पिक मार्गको प्रयोग गर्नका लागि आग्रह गरेको छ ।
गत बर्षको बर्षायाममा तुरीया खोलाको पुल भासिएपछि बेलीव्रिज निर्माण गरेर सवारीसाधनको आवतजावतको ब्यबस्था मिलाईएकोमा बेली व्रिज पनि लप्किएपछि डाईभर्सन बनाएर यात्रा सहज बनाईएको थियो ।
डाईभर्सन बगाएपछि सवारीसाधनलाई सुनवल चोकबाट देवकोटा चोक स्कुल पछाडिबाट खकरीबारी गैडाखाल हुँदै तुरीयाको पारी फर्त निस्कने ब्यबस्था मिलाईएको प्रहरीले जानकारी दिएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडकखण्ड हाल विस्तारका क्रममा रहेकोले खोलामा नयाँ पुल निर्माणको अन्तिम चरणमा पुगीसकेकोले हाललाई बैकल्पीक मार्गबाटै आवतजावत गर्ने ब्यबसथ मिलाएर केही दिनमा पुल सुचारु गर्ने वा डाईभर्सन तत्काल निर्माण गर्ने विषयमा केही निर्णय भैनसकेको बताईएको छ ।
सडक विस्तारको काम सुस्त गतिमा हुँदा यस बर्षको बर्षा याममा पनि यात्रुहरुले निकै सास्ती बेहोर्नुपने भएको छ । बुटवल देखी बर्दघाट सम्मको यात्रामा मात्र दर्जनौ ठाउँमा डाईभर्सन पार गर्नुपर्ने अवस्था छ । कतिपय स्थानमा पुल निर्माण सम्पन्न भएर संचालमा आए पनि कतिपय स्थानमा तत्काल पुल निर्माण सकिने अवस्था रहेको छैन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

