रंजीत शर्मा/ नवलपरासी/ २ असार ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ का निवर्तमान जनप्रतिनिधिहरुलाई एक कार्यक्रम बीच सम्मान सहित विदाई गरिएको छ।
स्थानीय तहको निर्वाचन २०७४ सालमा निर्वाचित भएका वार्डका जनप्रतिनिधिहरुको विदाई वार्ड अध्यक्ष जगदिश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रम बोल्दै निवर्तमान वार्ड अध्यक्ष रामनगिना सिंहले वि.स. २०४४ सालमा पहिलो पटक आफू पञ्चायतकालको निर्वाचन जितेको सम्झाउँदै २०४६ सालमा बहदलीय व्यवस्था आए पछि मात्र २ वर्षको कार्यकाल रहेको बताउनु भयो । पछि फेरि वि.स. २०४९ सालमा पराजित भएको भन्दै २०५४ सालमा दोश्रो पटक र संघीय गणतन्त्र पछि पहिलो स्थानीय तहको निर्वाचनमा तेस्रो पटक आफू जीत हासिल गरेको बताउँदै आफ्नो १२ वर्षको कार्यकाल जनताको लागि रहेको समय तयार रहेको तथा आफ्नो सिप अनुभव क्षमताले सके सम्म काम गरेको बताउँदै आगामी दिनमा पनि वार्डको विकाशको लागि आफूले गर्न सकिने सहयोग गर्न प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
त्यसतै नव निर्वाचित वार्ड अध्यक्ष जगदिश गुप्ताले यस वार्डको बिकाशको लागि सबैको साथ र सहयोगको आवश्कता रहेकोले आफू रहेको ठाउँमा पुर्व पदाधिकारीको सल्लाह लिने र मैले गलती गरेको ठाउँमा खबरदारी गरी दिन हुन समेत अनुरोध गरेका छन्।

पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ का वार्ड अध्यक्ष जगदिश प्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य लीलावती हरिजन, छोटेलाल पासवान
वार्ड सदस्य असामा खातुन, सजीवन गुप्ता,विश्वनाथ यादव लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र पुर्व वडाका पदाधिकारीको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

