Rashtriya Dainik

कलाकार महतो प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने

महेश सिंह सिरहा लहान २ असार- बहु प्रतिभा सालिन इन्जिनियर राम कुमार महतोले आउदो प्रतिनिधि सभाको सिरहा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचनमा भाग लिने निर्णय गरेका हुन्। ऊनी कलाको क्षेत्रमा लामो समय काम गर्दै बिगत केहि महिना देखि समाज सेवामा लागेका इन्जिनियर महतो आउने प्रतिनिधि सभाको चुनावमा भाग लिने भएको छ्।

विभिन्न एल्बम र चलचित्रमा अभिनय गरिसकेका उनले राजनीतिमा सकृय भएका हुन्।पेसाले सिभिल इन्जिनियर रहनु भएका महतो बिगत केहि महिना देखि समाजसेवामा लागेका छन्।स्थानीय निर्वाचन २०७९ मा वडा अध्यक्षका लागी स्वतन्त्र उमेदवार समेत रहनु भएका उनी आउदो प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने भएको छ्।

पत्रकारहरु संग कुराकानी गर्दै आफू पुर्ण रुपले राजनीतिमा आउने उनले बताए।लहान नगरपालिका वडा नम्बर २४ मल्हनमा गाउँमा जन्मिएका उनी सानै उमेर देखि कला संगित र एल्बम चलचित्रको क्षेत्रमा लागेका थिए। कलाको प्रतिभा बाट निखारीएका उनले राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित