Rashtriya Dainik

रामग्राम महिला जेसिसद्वारा उपाध्यक्ष अन्सारीलाई बधाई तथा शुभकामना

राष्ट्रिय दैनिक / नवलपरासी , १ असार

पश्चिम नवलपरासीको परासीमा अवस्थित रामग्राम महिला जेसिसद्वारा पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी ( सकिना )लाई बधाई तथा शुभकामना ब्यक्त गरिएको छ।

बुधबार गाउँपालिकामा भेटघाट गर्दै उपाध्यक्ष अन्सारीलाई रामग्राम महिला जेसिसकी माया अग्रहरी , प्रभा ज्ञवाली , लक्ष्मी श्रेत्री,बिमला सिंह ,अनिता तिवारी र प्रबिता श्रेष्ठ लगाएतकाे टिमले टीका लगाई खादा अाेढाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको हाे।

उपाध्यक्ष अन्सारीले अाफुलाई बधाई सहित सम्मान ब्यक्त गरेकोमा रामग्राम महिला जेसिस परिवारलाई धन्यवाद सहित नागरिकको सेवाको लागि निर्वाचित भएकाेले नागरिकको समस्या बुझेर समाधानका लागि अगाडि बढ्ने बताउनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित