Rashtriya Dainik

सर्लाही बरहथवा: मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ ।

सर्लाही बरहथवा: मोटरसाइकल चोरी गरेर रौतहट पुर्‍याएका एक जनालाई मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ।
जेठ २७ गते दिउँसो करिब ०१:०० बजे बरहथवा-७ का राकेश मण्डलको पार्किङ गरी राखेको अवस्थामा प्र-२ ०३-००५-०८७२ नम्बरको मोटरसाइकल चोरी भएको थियो।

चोरीमा संलग्न रौतहटको गढिमाई नगरपालिका-९ बस्ने २० वर्षीय आकाश चौधरीलाई चोरीको भएको मोटरसाइकल डोर्‍याउँदै गर्दा टोलीले नियन्त्रणमा लिएको हो।

उनलाई इलाका प्रहरी कार्यालय बरहथवामा राखेर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित