Rashtriya Dainik

अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उद्देश्य स्पष्ट हुनुपर्छ : सांसद कँडेल

काठमाडौं / १ असार

नेपाली काँग्रेसका नेता एवं सांसद देवेन्द्रराज कँडेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् ।

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद कँडेलले सम्झौता मार्फत् अमेरिकी सेनाको रणनीतिक उद्देश्य हो भने अघि बढाउन नहुने धारणा राखे ।

कडेलले अमेरिकी सेनाहरु नेपाल आउने र उनीहरुकै नियम, कानूनको अधिनमा चल्ने भए सो सम्झौता अगाडी बढाउन नहुने बताएकाछन । उनले भने, ‘हामीले अमेरिकी सेनालाई यहाँ ल्याउने उनीहरुको केही रणनीतिक उद्देश्य हो भने त्यसले राम्रो गर्दैन । होइन, सेनाहरुको तालिमका लागि एक आपसी सद्भावका साथ आउने, जाने फरक कुरो हो । हिजोको दिनमा एमसीसीको विषयमा जुन किसिमले चर्चा चल्यो । बहस चल्यो । र त्यो बहशमा अमेरिकी सेनाहरु पनि यहाँ आउछन् र उनका नियम, कानुन विभिन्न कुराहरु जुन उठेका थिए । यदि त्यो हो र त्यसअन्तर्गत आउँछ भने यो राम्रो होइन । त्यसमा मेरो सहमति छैन ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित