Rashtriya Dainik

बम काण्डका आरोपी महताब आलमद्धारा जेलबाटै सांसद प्रत्यासी किरणलाई ज्यान मार्ने साजिस

रन्जित चाैरसिया / असार १ ,रौतहट
कारागार भित्रबाट प्रत्यासी सांसद किरण साहलाई सिध्याउने साजिस भइरहेको रहस्य बाहिरिएको छ ।

राजपुर बमकाण्डमा घाइतेहरुलाई इट्टा भठ्ठामा जलाएको आरोपमा कारागार भित्र रहेका क्षेत्र नं.२ का पूर्व सांसद आफताब आलमका भाई महताब आलमले सांसद प्रत्यासी किरण कुमार साहलाई ज्यान मार्ने साजिस गरि रहेको तथ्य बाहिरिएको छ ।

रौतहट कारागार भित्रैबाट बमकाण्डका अभियुक्त मो. महताब आलमले नेकपा एमाले पार्टी नेपालका क्षेत्र नं.२ सांसद प्रत्यासी किरण कुमार साहलाई ज्यान मार्ने रहस्य छोटेलाल साह, नन्दु साह र सुरेन्द्र बैठाको मार्फतबाट बाहिरिएको हो ।

“आफुलाई एउटा अंजान फोन आयो । फोन केहि दिन पहिलानै कारागारबाट रिहा भएका सुरेन्द्र बैठाले गरेका थिए । बमकाण्डमा नाम मुसिएका महताब आलमले मलाई मार्ने जाल बुनि रहेको थाहा पाउँदा थप बुझ्न कारागार पुगे । प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई यो कुरा सुनाउँदा हामी अनुसन्धान गर्छौ भनी यातना मात्र दिए ।” सांसद प्रत्यासी किरण साहले बताए ।

आफुलाई महताबले बुनेको जाल थाह पाएपछि खबर दिएका छोटेलाल साहलाई निर्घात पूर्वक कुटपिट समेत गरेको साहले भने ।

२०६४ चैत्र २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तर सहित अन्य घाइतेहरुलाई जिंउदै इटा भट्टामा पोलेको आरोपमा पक्राउ परेका क्षेत्र नं. २ का सासंद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो । रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमार्ने उद्योग र ज्यान मुद्दा गरी तीन मुद्दा लगाइएको छ । सोही बमकाण्डमा घाइते त्रिलोक प्रताप सिंह र ओशी अख्तर लगायतकाहरु लाई इटा भट्टामा जलाएको मुद्दामा फरार रहेका महताब आलमलाई भारत बिहारको मोतिहारी बाट पक्राउ गरिएको थियो । हाल उनी गौर कारागार भित्र छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित