Rashtriya Dainik

बोदेबरसाईन नगरपालिकाको प्रशासकीय भवनको उदघाटन

महेश सिंह सिरहा लहान १ असार – न्यु डाईगन निर्माण सेवा प्रा.ली.ले निर्माण गरेको भवनको उदघाटन भएको छ्। सप्तरीको बोदेबरसाईन नगरपालिकाको प्रसासनिक भवन निर्माण गर्ने जिम्मेवारी न्यु डाईगन निर्माण सेवा प्रा.ली लाई दिएको थियोे।नगरपालिकाले निर्माण कम्पनीसंग २०७६ माघ १६ गते अनदर ग्राउन्ड गरि ४ तल्लो भवन निर्माणका लागी ६ करोड ७४ लाख ९६ हजार ६ सय ८ रुपैया ३६ पैसामा सम्झौता गरेका थिए।

सम्झौता पस्चात निर्माण कम्पनीले काम सुरु गरेका थिए। नगरपालिकाका मेयर आतेश कुमार सिंहले प्रसास्किय भवनको सिल्यानास गरेका थिए।सम्झौता सम्पन्न मिति २०७८ माघ १५ गते रहेका थिए।समझौता सम्पन्न अगाबै निर्माण कम्पनीले काम सम्पन्न गरिसकेका छन्।बोदेबसाईन नगरपालिकाले सुबिधा सम्पन्न प्रसास्निक भवन निर्माण गर्न पाउदा मेयर आतिश कुमार सिंहले बताए।

मेयर सिंहका अनुसार आफुले सिलानास गरेको भवनको उदघाटन गर्न पाउदा आफू खुशी रहेको बताए। प्रसाशनिक भवनको काम सम्पन्न भए पश्चात् नगरपालिकाको अन्तिम नगर सभा सोही नव निर्मित भवनमा सम्पन्न गरेका छन्।
न्यु डाईगन निर्माण सेवा प्रा.ली.ले नेपालको अधिकांनश जिल्लामा काम गर्न सफल निर्माण कम्पनी अन्तर्गत पर्ने गरेको देखिन्छ।

मधेस प्रदेश प्रहरी तालीम केन्द्र निर्माण राजबिराज,सातको नगरपालिकाको प्रशासनिक भवन बोदेबर साईन नगरपालिकाको चन्द्र स्कुलको ३ तल्लो भवन निर्माण लगायतका जिल्लाहरुमा काम गर्न सफल निर्माण कम्पनी रहेको अधिकारीक प्रतिनिधि इन्जिनियर दिपेन्द्र ठाकुरले जानकारी दिनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित