बेचु गाैड / नवलपरासी , १ असार
नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ जावा कोलवृक्ष बगैचा क्षेत्रलाई दुई बर्ष पहिला ककरपत्त नगर घोषणा भएको स्मरण दिवस मनाइएको छ।
भगवान गौतम बुद्धले गृह शुख सन्देश दिएको प्राचिन ककरपत्त नगरमा ककरपत्त महोसत्व मनाइनुको साथै तत्कालिन नगर(निगम) प्रमुख दिर्घजानुको मुर्ति समेत प्रतिस्थापन गरिएको छ । 
गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले कोलिय गणराज्य अन्तरगतको यो ककरपत्त नगर गृहस्थलाई सन्देश दिएको हुदा सँसारकै गृहस्थले यो स्थानमा आएर भगवान बुद्धको सन्देश सुन्न सकने र आफ्नो मुतिm साधन पाउने स्थलको रुपमा विकास गरिने बताए । अहिले समान्य रुपमा ककरपत्त महोत्सव मनाएको भए पनि अगामी दिनमा यसलाई भब्य तरिकाले मनाउदै लैजाने समेत उनले जानकारी गराएका थिए । पुरातत्व विभागले समेत यस क्षेत्रलाई प्रााचिन स्मारकको रुपमा संरक्षण गर्ने गरि राष्टिय सम्पदामा सुचिकृत गरि सकेकोले यो स्थान भविष्यमा विश्व सम्पदामाम जाने र विश्वकै ध्याना तान्न सक्ने धार्मिक पर्यटन क्षेत्रको सम्भावना बोकेको छ । बुद्ध दर्शनका अनुसार कोलिय पुत्र दिर्घजानुको नामले जावा गाउ रहन गएको थियो । उतm स्थानलाई पर्यटकिय गन्तब्यको रुपमा विकास गर्ने उदेश्यले सरावल गाउपालिकाले विभिन्न कार्य गर्दै आएको छ ।
भगवान बुद्ध बेला बेला गाउ निस्कने बेला विभिन्न स्थानमा धर्म देशना गर्ने क्रममा भगवान चरिया गर्दै ककरपत्त आएका थिए । सोही बेला ककरपत्तका नगरप्रमुख कोलिय पुत्र दिर्घजानुले भगवान समक्ष उपस्थित भई आफुहरु गृहत्याग गरि भिच्छु हुन नसक्ने बताउदै समान्य गृहस्तहरु कसरी मुतिmको मार्गमा जान सक्ने आग्रह गरेका थिए । भगवान बुद्धले दिर्घजानुको आग्रहलाई स्वीकार गर्दै गृहशुख सन्देश सुनाएका थिए । जुन कुरा त्रिपिटकको अगुत्तर निकायको दिर्घजानु सुत्तमा उल्लेखछ । गृह शुख सन्देश दिदा भगवान बुद्धले गृहस्थको इललौकिक अर्थात जिवित हुदासम्म र पारलौकिक अर्थात मरणोपरान्त गर दुई भागमा सन्देश शुनाउनु भएको थियो । इहलौकिक शुखका लागि पहिलो उठ्ठान सम्पदा यसको मतलब गृहस्थले कमाउनु पर्छ पर्छ । दोश्रो आरक्ष सम्पदा कमाएको धनमाल संरक्षण गर्नु पर्छ । तेश्रो कल्याणमित्र सम्पदा राम्रो सज्जन मानिस सदगुरुको संगतमा बस्नु पर्छ र चौथो समआजिविका सहि तरिकाले कमाउने र आजिविका गर्नु पर्छ ।

त्यसै गरी पारलौकिक खुशका लागि पहिलो श्रद्धा सम्पदा अर्थात भगवान र कल्याणमित्र प्रति श्रद्धा उत्पन्नन गर्नु पर्छ । दोश्रो शिल सम्पदा अर्थात गृहस्थले कम्तीमा पनि पञ्चशिलको आचरण पुरा गर्नु पर्ने जस्मा चोरी नगर्नु,झुठो नबोल्नु,प्राणी हिँसा नगर्नु,नसा नगर्नु र ब्यविचार गर्नु हुदैन् । तेश्रो त्याग सम्पदा जस्मा गृहस्तले कुनै पनि कुरासँगै चिपकाव गर्नु हुर्दैन सहज ढंगले त्याग गर्न सक्नु पर्छ । किनकी एक दिन मानिसले आफ्नै शरिर नै छाडेर जानु पर्ने अवस्था आउछ जस्को तुलनामा अन्य बस्तु तुच्छ हुन्छ । चौथो प्रज्ञा सम्पदा अर्थात प्रजा जागृत गरेर विमुतिmको मार्गमा जानु पर्छ । अविद्या हटाउनु पर्छ । जस्मा प्रज्ञा जागृत गर्नका लागि विपश्यना विद्याको अभ्यास गर्नु पर्ने महत्व पुर्ण सन्देश दिएका थिए ।

गाउपालिकाले अहिले गौरवकै आयोजनामा समावेश गरि ककरपत्त नगर क्षेत्रलाई संरक्षण,विकास,प्रवद्र्धनका लागि विभिन्न पुर्वाधारको विकास समेत गर्दै आएको छ । ककरपत्त क्षेत्रमा सभाहल,बालउद्धान,भगवान बुद्धको मुर्ति स्थापना अहिले भगवान बुद्धको मुर्तिसँगै भगवानले सन्देश दिदै गरेको दिर्घजानुको मुर्ति समेत प्रतिस्थापन गरेको छ । ककरपत्त क्षेत्रमा नै कमलपोखरी रहेको क्षेत्रलाई संरक्षण गरि सो क्षेत्रमा प्रतिक्षालय,चरा अवलोकन गर्ने स्थलहरुको समेत संरचना निर्माण गरेको छ । ककरपत्त क्षेत्रमा स्थानिय पर्यटक समेत आउने गरेका छन् ।
तर पनि यसको एकिकृत रुपमा विकासका लागि स्थानिय तह मात्रै नभई प्रदेश सरकार र संघ सरकारले समेत सहयोग गर्नु पर्ने आवश्यकता औल्याइएको थियो । कोलवृक्ष पर्यटन वकास संस्थाका अध्यक्ष नरेन्द्र चौधरीको अध्यक्षतामा भएको उतm कार्यक्रममा पत्रकार बेचु गौंडले सो क्षेत्रको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बासमती हरिजन,वडा नम्बर २ वडाअध्यक्ष सम्भु प्रसाद चौधरी लगायत जनप्रतिनिधिहरु,लायन्स क्लबका श्याम कुमार बस्याल,स्थानिय समाजसेवी सुशान्त शर्मा घिमिरे , सन्जय माैर्य लगायतको सहभागिता रहेको थियो । सो स्थानमा सबै स्थानियबासीले घरबाट माटो दियो बाल्ने र परिक्रमा गरि मनाएका थिए । कार्यक्रमको सञ्चालन अतेन्द्र चौधरीले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

