उत्तमकुमार थापा बझाङ
जयपृथ्वी नगरपालीका स्तरीय माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
मंगलबार जयपृथ्वी नगरपालिका शिक्षा शाखाको आयाेजनामा विभिन्न विद्यालय बाट विद्यार्थीहरु सहभागीता गराउदै हाजिरी जवाफ प्रतियोगिता गरिएको हाे । नगरपालिकाकाकाे सभाहलमा सञ्चालन भएको कार्यक्रममा नगरपालिका भित्र रहेका सबै माध्यामिक विद्यालयहरु सहभागी रहेका थिए ।
आज भएको हाजिरी जवाफ प्रतियोगितामा बझाङ मेरिगाेल्ड ईङ्लिस स्कुल प्रथम भएको छ भने सेती साईपाल एकेडेमी दितृय ,सुनिपिपल माध्यमिक विद्यालय सुवेडा तितृय र सदुरपश्चिम विद्या सदन सान्त्वना भएको शिक्षा शाखा प्रमुख देवेन्द्र जाेशीले बताए । जयपृथ्वी नगरपालिकाकाे शिक्षा शाखाले आयाेजना गरेको हाजिरी जवाफ प्रतियोगितामा नगरपालिका भरिका सबै माध्यमिक विद्यालयहरु सहभागी रहनु भएको हाे । यसरी शिक्षा शाखाले विभिन्न कार्यक्रमहरु गर्दा विद्यार्थीहरुकाे मनाेवल अगाडि बढ्नुकाे साथै ज्ञान सिपमा बृद्वी हुने नगरपालिका छैटौं अधिकृत विजय कुमार रजतले बताए । नगरपालिकाका उपमेयर रतन बहादुर सिँहले प्रथम दृतिय तितृय भएको विद्यार्थीहरुलाइ प्रमाणपत्र सहित शिक्षा सम्वन्धि सामाग्री हस्तान्तरण गर्नुभएको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

