Rashtriya Dainik

पश्चिम नवलपरासीकाे जिसस प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी केन्द्र विजयी

राष्ट्रिय दैनिक / नवलपरासी , ३१ जेठ

पश्चिम नवलपरासीको जिल्ला समन्वय समिति प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

मंगलबार भएको निर्वाचनमा प्रमुखमा एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी भएका हुन्।

नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। भने एमालेले राप्रपासँग गठबन्धन गरेको थियो। ७ पालिकाका १४ जना मतदाता रहेको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि गठबन्धनका आधारमा कांग्रेस–माओवादी केन्द्रको बहुमत संख्या ८ पुगेपनि एमालेका उम्मेदवारले प्रमुख पदमा जितेका हुन्। एक मत बदर भएको छ।

प्रमुख पदका विजयी उम्मेदवार यादवले ७ मत ल्याए भने नेपाली कांग्रेसका बालिन्द्र विक्रम शाहीले ६ मत ल्याएर पराजित भए। उपप्रमुखमा माओवादी केन्द्रका चौधरीले ७ मत ल्याएर विजयी हुँदा एमालेकी कुन्ती कुमारी चौधरीले ६ मत ल्याएर पराजित भइन्।

दलित वा अल्पसंख्यकमा राप्रपाकी लवाङदी देवी हरिजन विजयी भएकी छन्। महिला सदस्यमा राप्रपाकी शोभा चौधरी, नेपाली कांग्रेसकी शारदा परियार र कांग्रेसकै इन्दिरा कार्की विजयी भएकी छन्। कांग्रेसको चुनाव चिन्हबाट उम्मेदवार बनेकी कार्की भने माओवादी केन्द्रकी हुन्।
९ सदस्यीय जिससको अन्य सदस्य पदमा नेपाली कांग्रेसको चुनाव चिन्हबाट उम्मेदवार बनेका धनिराम चौधरी विजयी भएका छन्। चौधरी माओवादी केन्द्रका हुन्। त्यस्तै राप्रपाका मकबुल मिया र नेपाली कांग्रेसका यमबहादुर दर्लामी मगर अन्य सदस्यबाट विजयी भएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित