काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतहरूलाई हाजिर गर्न नदिएको भन्दै जिल्लाका एक स्थानीय तहको आर्थिक कारोबार रोक्का गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको छ। मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिएको भन्दै करैयामाई गाउँपालिकाको आर्थिक कारोबार रोक्का राख्न कोष तथा लेखा नियन्त्रण कार्यालय बारालाई पत्राचार गरेको हो। साबिक जिल्ला विकास समिति बाराका वीरेन्द्र महतोले लामो समयदेखि करैयामाई गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहेको र उनले सङ्घबाट पठाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई कार्यालयमा हाजिर गर्न नदिई आफैले चलाउँदै आएका छन् । मन्त्रालयको पत्र पछि कोष तथा लेखा नियन्त्रण कार्यालयले महतोको नामबाट गाउँपालिकाको खाता रहेको एनसिसि बैङ्कको करैया शाखालाई आर्थिक कारोबार नगर्न पत्राचार गरेको छ । यसअघि सङ्घले खटाएका रामजी जोशीलाई हाजिर गर्न रोकेका महतोले पछिल्लो पटक खटाएका प्रमुख प्रशासकीय अधिकृत सुबोध महतोलाई हाजिर गर्न नदिएको आरोप छ। महतोले ठिकसँग काम गरेकोले अन्यलाई प्रमुख प्रशासकीय अधिकृतमा हाजिर नगराउन बोर्ड बैठकबाट नै निर्णय नै गराइएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।