जेठ ३१-काकड्भिट्टाबाट काठमाडौं आउदै गरेको बस र काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी धादिङको थाक्रेमा आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् ।
सो दुर्घटनामा टयाक्सीमा सवार ४ जना घाईते भएका छन् । उनीहरुको गल्छिस्थित अम्बिभरोसा हस्पिटलमा सामान्य उपचार पछि काठमाडौं लगिएको छ ।
बसले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । बसलाई सिम्ले चौकीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

