३० जेठ
काठमाडौं : गृह मन्त्रालयले परीक्षणको रुपमा रहेको सप्ताहिक दुई दिने विदा खरेज भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन विदा निदे निर्णय खारेज भएको जनाएको छ।
दुई दिने विदा खारेज भएसँगै असार १ गतेदेखि कार्यालय समय विहान १० बदेखि अपरान्ह ५ बजेसम्म कायम गरिएको छ। असार १ देखि कात्तिक १५ गतेसम्म र माघ १५ देखि चैत मसान्तसम्म १० बजेदेखि ५ बजेसम्म कार्यालय समय रहनेछ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय समय तोकिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिए।
उनका अनुसार शुक्रबार भने कार्यालय समय १० देखि ३ बजेसम्म रहनेछ। 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

