जेठ ३०, २०७९
इनरुवा / सुनसरीको कोशी गाउँपालिका ७ हरिपुर सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा चालक सहित २५ जना घाईते भएका छन् ।पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ६५६४ नम्बरको यात्रुु बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।
बिपरित दिशाबाट आउँदै गरेका साईकल यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको अनुमान छ । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाईएकोमा थप उपचारको लागि उनीहरुलाई विराटनगर पठाईएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाईते मध्ये दुई जनाको अवस्था गम्भिर छ । देबकुमारी चौधरी र भुराज खत्रीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बाँकी घाईते मध्ये दुई जनालाई सैनिक अस्पताल इटहरी र बाँकी अन्यलाई थप उपचारकोलागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

