जेठ ३० ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेस गर्ने बताउनु भएको छ । बिहान लोकतान्त्रिक समाजवादीका नेतासँगको भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक छिट्टै पास हुने आश्वासन दिनु भएको हो ।
जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्नेलगायत मागसहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति नभएको भन्दै बिहान फेरि प्रधानमन्त्रीलाई भेट्न गएको लोसपा नेता लक्ष्मणलाल कर्णले बताउनुभयो ।
यस्तै, मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनका क्रममा पक्राउ परेर थुनामा रहेकालाई थुनामुक्त र मुद्दा फिर्ताको विषयमा लोसपाका नेताहरुले प्रधानमन्त्री देउवासँग छलफल गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

