काठमाडौँ मंसीर १७ । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तनहुँमा प्रहरीद्धारा पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई तीन घन्टापछि रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका काँग्रेसका अन्य नेता कार्यकर्ता पनि रिहा भएका छन् । व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुगेका पौडेललाई प्रहरीले दिँउसो गिरफ्तार गरेको थियो । आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएको तर सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको पौडेलले टिप्पणी गरेका छन् । सो पुल उद्घाटनका क्रममा पुगेका पौडेललाई अवरोध गर्न नेकपाले प्रदर्शन गरेको र त्यस क्रममा दुई पक्षबीच झडप हुने स्थिति आए पछि सुरक्षाका लागि पौडेललाई नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।