राष्ट्रिय दैनिक / नवलपरासी , ३० जेठ
पश्चिम नवलपरासीकाे प्रतापपुरमा त्रिवेणीबाट बर्दघाटतर्फ जाँदै गरेकाे यात्रुवाहक बस गण्डक नहरकाे सडकबाट अनियन्त्रित भएर पल्टिदा बस दुर्घटनामा परेकाे छ ।
लु १ ख ३०८५ नं काे बस करिब सवा ११ बजे गण्डक नहर स्थित रुपाैलिया पुल पश्चिमतर्फ दुर्घटनामा परेकाे हाे ।
बस चालक वर्ष ५२ का देव बहादुर राय रहेकाे बताईएकाे छ ।
चालक सहित ६ जना यात्रु घाईते भएका हुन् । घाइतेलाई उपचारका लाागि सहिद स्मृति सामुदायिक अस्पताल चाैपत्तामा भर्ना गरिएकाे इप्रका बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले जनाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

