अमृता सुनार/सुनवल,
जेष्ठ २९
सुनवल नगरपालिका वडा नम्बर १ को वडा बाल संजालको आयोजनामा नवनिर्बाचित जनप्रतिनिधिहरुलाइ स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । वडा बाल संजालका अध्यक्ष बिजय श्रेष्ठको अध्यक्षतामा तथा सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता एबम वडा अध्यक्ष मन बहादुर थापा मगरको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा कार्यपालिका सदस्य सिता भन्डारी, सदस्य प्रसुराम कवर ,कृष्ण बहादुर क्षेत्री, बाल कुमारी परियार, रेशम शर्मा, सुनिमा पन्थि गौमाया गुरुङ बुढा लगाएतको आतिथ्यता रहेको थियोे । सो कार्यक्रममा आर्थिक बर्ष ०७८/०७९ को वडा बाट बालबालिकाको कार्यक्रम अन्तर्गत १२ वटा बाल कलब र वडा बाल संजाल गरी १३ वटा कलब लाई खेल कुदको सामाग्री बितरण गरिएको थियो ।त्यसै गरी सबै बाल कल्ब लाई समेटेर ८५ जना बाल बालिकालाइ नेतृत्व बिकास तथा क्षमता बिकास तालिम प्रदान गरिएको थियो । कार्यक्रम लाइ सम्बोधन गर्दै प्रमुख अतिथिले बालबालिका भनेको देशको भोलिका कणर्धार हो त्यसैले सबै बालबालिका अनुशासनमा रहनुपर्छ र पढाईको साथ साथै अन्य क्रियाकलापमा सहभागी हुदै आफ्नो केरियर अघि बढाउनेमा जोड दिनु भएको थियो । उक्त कार्यक्रममा बिशिस्ट अतिथि मन बहादुर थापा , सिता भन्डारी र रेशम शर्मा लगाएतले मनतब्य दिनु भएको थियो । वडा बाल संजालका सदस्य अमृत बश्यालको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन नगर बाल संजालका सदस्य शुशान्त श्रेष्ठले गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

