Rashtriya Dainik

नेपाल कृषक समुह संजालको दोश्रो राष्ट्रिय भेला सम्पन्न

महेश सिंह सिरहा लहान २९ जेठ- सिरहाको लहानमा नेपाल कृषक समुह संजालको दोश्रो राष्ट्रिय भेला सम्पन्न भएको छ्।
संजालको केन्द्रिय अध्यक्ष शुभ नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा केन्द्रिय सल्लाहकार देवनाथ साह रहनु भएको थियो।

समुह संजाल नेपालको ३८ वटा जिल्लामा संगठन रहेको केन्द्रिय पदाअधिकारी जयनारायण यादवले बताए।दोस्रो राष्ट्रिय भेलामा नेपालका अधिकांनस जिल्लाका अध्यक्षहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजकले बताए।

बिगत लामो समय देखि कृषि क्रान्ति गर्दै आएका संगठन हुन् ।किसानका समस्यालाई लिएर अवाज बन्दै आएका छन।विभिन्न किसिमका समस्या झेल्दै संजालले किसानको समयमा मल खाद बीउ,उचित मुल्यमा प्रबन्ध हुनु पर्ने मुद्दामा जोड दिदै निर्धारण र किसानहरुले उत्पादन गरिएका उपचको सहि मुल्य निर्धारण र सहि बजारीकरण लगायतका मुद्दामा अवाज उठाउदै आएका छन्।कार्यक्रममा दर्जनौं वक्ताहरुले किसानका हक हितका विषयमा जोड दिएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित