राष्ट्रिय दैनिक / नवलपरासी , २९ जेठ
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ पाल्हि मन्दिर नजिककाे पाेखरीमा मनसुनका कारण हुने क्षति न्युनिकरणका लागी विपद् जोखिमको पूर्व तयारी स्वरुप प्रयोगात्मक अभ्यास गरिएको छ ।
नेपाली सेनाको गोरखदल गण परासीको आयोजना र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा भएको अभ्यासमा तिनै तहका सुरक्षा निकायले डुबानमा परेकाहरुको कसरी तत्कालै उद्दार गरी जनधनको क्षति बाट बचाउने भन्ने बारे पूर्व तयारी अभ्यास प्रस्तुत गरेका थिए ।
घरायसी प्रयोगका सामगी्र मार्फत पनि बाढीमा डुब्नबाट कसरी बच्न सकिन्छ भन्ने बारे पनि नेपाली सेनाको अभ्यास टोलीले स्थानियहरुलाई जानकारी गराएको थियो ।

बाढी र डुबानको जोखिमका हिसाबले ७७ जिल्ला मध्ये १७ औँ स्थानमा रहेको पश्चिम नवलपरासीमा हरेक वर्ष वर्षायाममा ठुलो जनधनको क्षति हुदै आएकाले स्थानियलाई समेत सचेत गराउन विपद् प्रतिकार्य अभ्यास गरिएको प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो । विशेष गरी स्थानिय तहलाई विपद्को समयमा हुने जोखिम न्युनिकरणका लागि सुरक्षा निकायसँग आपसी समन्वय बढाई जनचेतनाका कार्यक्रम सञ्चालन गर्न पनि प्रतिकार्य अभ्यास मार्फत आग्रह गरिएको छ ।

ठूलै विपद् आइलागेको जस्तो गरि गरिएको प्रयोगात्मक अभ्यास बाट सुरक्षा निकायलाई राहत र उद्दारका लागि सिकाइ हुने र आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा थप निखार आउने प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो ।
कार्यक्रममा नेपाली सेनाको २२ नम्बर बाहिनी अड्डाका सहायक रथी नवराज गुरुङ्ग सहित सुरक्षाका निकायका प्रमुख, स्थानीय तहका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

