Rashtriya Dainik

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम वहुमतले पारित

पुरुषाेत्तम सुवेदी /बुटवल,२९ जेठ ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम वहुमतले पारित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सरकारको तर्फबाट जेठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रम दुई दिन छलफल भएपछि आइतबार पारित भएको हो ।

आइतबार प्रदेश सभा बैठकमा सभामुख पुर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाको बहुमतले ध्वनिमतका आधारमा पारित गरेको हो । ८० सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्ता पक्षमा ४३ र विपक्षमा ३७ सांसद छन् ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि लुम्बिनीको विकासमा एकतावद्ध भएर अघि बढ्न आग्रह गरे ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले चुनावी सरकारले दीर्घकालीन महत्वका र पूरा हुन नसक्ने योजनाहरु ल्याएको भन्दै आलोचना गरेका थिए ।

उनीहरुले नीति तथा कार्यक्रम एमालेकैै सरकारको नक्कल गरिएको र कुनै नयां कार्यक्रम नभएको बताउंदै नीति अनुसार वजेट आउनेमा आशंका गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित