प्रिन्स मिश्रा कपिलवस्तु – शिवराज नगरपालिका वड़ा न १० लालपुरमा नव निर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।शिवराज नगरपालिका वड़ा न १० की वड़ा अध्यक्ष मञ्जु मिश्राले आफनै कार्यालयमा सुद्धोधन गाउँपालिकाका नव निर्वाचित अध्यक्ष कमलेश शरण चौधरी , नव निर्वाचित जिल्ला समन्वय समितिका उपप्रमुख रमेश कुर्मी, लोसपा कपिलवस्तुका जिल्ला अध्यक्ष कैलाश अग्रहरि ,भगवानदास चौधरी,शिवराज नगर कार्यसमितिका अध्यक्ष रामनेवास मौर्य,शिवभगत ठाकुर लगायत प्रतिनिधिहरु लाई दोसल्ला फुलमाला र टीका लगाई स्वागत र सम्मान गरेकी हुन । लोसपाका लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष रविदत्त मिश्राको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा नव निर्वाचित पदाधिकारीहरु लाई सफल कार्यकालको शुभकामना दिदै नगरको विकासका लागि समन्वय र साथ रहने समेत मिश्राले बताए ।

कार्यक्रममा सुद्दोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी , लोसपाका प्रदेश अध्यक्ष रवि दत्त मिश्रा , जिल्ला अध्यक्ष कैलाश अग्रहरि , शिव भक्त ठाकुर लगायत दरजनौको सहभागीता थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

